काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा आज हुने भएको छ ।सभा एभरेष्ट होटल, नयाँ बानेश्वरमा काठमाडौंमा दिउँसो १२ः१५ बजेबाट सुरु हुन बैंकले जनाएको छ । सभामा बैंकले ७ प्रतिशत बोनस सेयर र ४ दशमलव ८४ प्रतिशत नगद गरी कुल ११ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।
सभा प्रयोजनका लागि बैंकले पुस ९ देखि आज (पुस २४ गते) सम्म बुक क्लोज गरेको छ । पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।