काठमाडौं । नेप्से १५ दशमलव ९१ अंकले बढेर २१९४ दशमलव ४८ को विन्दुमा कायम भएको छ । अन्य क्षेत्र कम्पनीहरुको उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रभु बैंककोे ३१ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै आज पाँच कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने मिर्मिरे माईक्रोफाइनान्सका लगानीकर्ताले ९ दशमलव ९२ का दरले कमाएका छन् ।
एएभरेष्ट बैंक कन्भर्टिबेल प्रिफरेन्स शेयर ३ दशमलव ८१ प्रतिशतका दरले घटेको छ भने खानीखोला हाईड्रोपावर ३ दशमलव ५७ प्रतिशतले घटेको छ।