काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज शतप्रतिशत छुट दिने भएको छ ।इन्स्योरेन्सले पुस २२ गतेदेखि पुस २६ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट गर्ने जनाएको छ ।
जसका लागि कम्पनीले कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्र्पक गर्न आग्रह गरेको छ ।इन्स्योरेन्सले जारी भएका बीमालेख अन्र्तगत भुक्तानी गर्नु पर्ने बीमाशुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएका सम्पूर्ण बीमालेखहरु पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने भएको हो ।