काठमाडौं । नागरिक लगानी कोषले आफ्नो स्वामित्वमा रहेको सिबिआईएल क्यापिटलको संस्थापक शेयर लिलाम गर्ने भएको छ । कोषले एक सुचना जारी गर्दै क्यापिटलको ७५ हजार कित्ता शेयर न्युनतम मूल्य प्रति कित्ता १२२ कायम गरी लिलाम गर्ने जनाएको छ ।
उक्त शेयर खरिद गर्न धितोपब व्यवसायी नियमावली २०६४ बमोजिम संस्थापक शेयर खरिद गर्न ईच्छुक विद्यमान सनास्थापक वा जो कोहि व्यक्ति, संघ संस्था, कम्पनीहरुले आवेदन दिन सक्ने छन् । ईच्छुकले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात माघ २८ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ ।