काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडले दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको दशौँ वार्षिक साधारण सभा माघ १६ गते, शुक्रबार सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरू हुने जनाएको छ ।
सभामा सञ्चालक समितिबाट सिफारिस गरिए बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।