काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपिओ स्वीकृत गरेको छ । बोर्डमा आवेदन दिएको सिंगटी हाईड्रो इनर्जी कम्पनीको आईपिओ हिजो स्वीकृति भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
सिंगटी हाईड्रो इनर्जीको कूल एक अर्ब ४५ करोड चुक्ता पुँजिको ३० प्रतिशत प्राथमिक शेयर सर्वसाधारणलाई वितरण गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीसँग कूल जारी पुँजिको ७० प्रतिशत अर्थात एक अर्ब एक करोड ५० लाख रुपैयाँको शेयर संस्थापक शेयरधनीहरुले लिइसकेका छन् । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ४५ करोड पुग्नेछ ।
बोर्डले यसअघि स्वीकृत गरेको आठ अर्ब रुपैयाँ भन्दा बढिको दुई आईपिओ पाईप लाईनमै छन् । चन्द्रागिरी हिल्सको आईपिओ पुस २४ गतेदेखि खुल्दैछ भने नेपाल पूर्वाधार बैंकको आईपिओ माघ २ गतेदेखि खुल्दैछ । आज स्वीकृत पाएको आईपिओ माघ १० गतेपछि जारी हुनसक्ने देखिएको छ ।