Connect IPS
IME Life

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा माघ १६ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस २१ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९औं वार्षिक साधारण सभा माघ १६ गते, शुक्रबार, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजेदेखि सुरू हुने जनाएको छ ।

सभामा धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ को  अनुपातमा (२००%) पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ ।

Prabhu
Crest

बैंकले १ः१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न पौष २० गते, सोमबार बोर्डबाट अनुमति पाएको छ ।

त्यस्तै, सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एकआपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS