काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार ५ सय ४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिन आग्रह छ । सोही समयअवधिभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रिय कार्यालय, महुली, सप्तरीमा आइपुग्ने गरि निवेदन दिन संस्थाले भनेको छ ।