IME Life

एशियन लाईफद्वारा बीमितको घरमै पुगेर मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमितको घरमै पुगेर मृत्यु दावी भुक्तानी गरेको छ । बाराको महा गढीमाई नगरपालिका–४ स्थित दहियार बस्ने स्व. सौरभ जयसवालको परिवारलाई मृत्यु दाबी वापत छ लाख ३० हजार दुई सय ५८ रूपैयाँ घरमै गएर भुक्तान गरेको हो ।

मंगलबार बिहान एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरगंज शाखाका प्रबन्धक सोनालाल सहनी बीमितको घरमै पुगेर स्व. जयसवालका बुवा सुरेश प्रसाद जयसवाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बीमित जयसवालले पाँच लाख रुपैयाँ बिमांक बराबरको २० बर्षे बाल भविष्य बीमा योजना एशियन लाईफबाट २०७३ साल मंसिर ३० गते खरिद गरेका थिए । बीमितले २६ हजार २ सय ३१ रूपैयाको दरले चार किस्ता मात्र भुक्तान गरेको अवस्थामा जयसवाल अल्पायुमै गत मंसिर १४ गते बिरामी भई प्राकृतिक रुपमाबाट मृत्यु भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा स्थानीय बीमा एजेन्सी राजु शाहलगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS