काठमाडौं । नेप्सेमा प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४ सय ७ रुपैयाँ निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेर सोमबार प्राइमको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य ४६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।