काठमाडौं । आज शेयर बजार नेप्से ८८ दशमलव १२ अंकले बढेर २,१७५ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज एक करोड ४० लाख आठ हजार ४८९ कित्ता शेयर खरिदविक्री हुँदा ६ अर्ब ३३ करोड ६२ लाख ९५ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।
आज सबै उपसुचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँमानथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ४५ करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमाको २७ करोडमाथिको कारोबार भएको छ ।