IME Life
GBIME

तीन बीमा कम्पनीको चार लाख कित्ता संस्थापक शेयर लिलाम हुँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन बीमा कम्पनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र एक नागरिक लगानी कोष लिमिटेडको संस्थापक समूहको शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ९० हजार ३ सय ७४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ३० हजार २ सय ९० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ३ हजार ९ सय ७६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

Crest

लगानीकर्ताले आजबाट पुस २४ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस्तो छ शेयर मुल्य

नागरिक लगानी कोष​  १७१५

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड​ ३३७

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  ४६९

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५५०

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS