काठामडौं । प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने पुस १९ गते (आईतबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेसँगै पुस १९ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले यो प्रस्ताव पारित गर्न आगामी पुस २९ गते साधारण सभा आयोजना गरेको हो । कम्पनीले सभा केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे हुने भएको छ ।