काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडौँ जिल्लाको चोभार मा १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
उक्त स्थानहरूमा सेवा सञ्चालनका लागि क्रमश स्थानीय व्यवसायी राममाया सम्बाम्फ्रे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ ।