काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको सञ्चालित मुनाफाबाट तीन प्रतिशत कूल लाभांश दिने घोषणा गरेको छ । कम्पनीले कूल चुक्ता पुँजिको २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । कम्पनीले वितरण गर्ने उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सर्वसाधारणले पाउनेछन् ।