Connect IPS
IME Life

सानिमा बैंक र एनसेल आजियाटाबीच सम्झौता, ग्राहकलाई दुई प्याकेजको सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सम्झौता भएको छ । सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता पछि सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब ३०० बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिने जनाएको छ । साथै, बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट प्राप्त गर्ने समेत बैंकले जनाइएको छ ।

हालसम्म बैंकले सातै प्रदेशमा ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS