काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा आज हुने भएको छ । कम्पनीको ५३ औं वार्षिक साधारणभा २०७७ मंसिर ३० गते, बैंकको प्रधान रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११ः०० बजे हुने जनाएको छ । सभा वेविनार मार्फत संचालन गरिने समेत कम्पनीले बताएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पारित गर्ने बताएको छ ।
सभा प्रयोजनको लागि २०७७ मंसिर १५ देखि ३० गते सम्म बुक क्लोज तोकेको छ । मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।
सभामा संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७/७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।