काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य नेप्सेले ५ सय ७० रुपैयाँ निर्धारण गरेको छ ।
यहि मूल्यलाई आधार मानेर आजेदखि कम्पनीको शेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो दिन अन्तिम कारोबार मूल्य ६ सय २७ रुपैयाँ आधारमा मूल्य समायोजन गरेको हो ।