काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको आइतबार सम्पन्न संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७ दशमलव ४७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लघुवित्तले बोनस र नगद गरी कुल २८ दशमलव ९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।लघुवित्तले ७ करोड १३ लाख ९ हजार १ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, ३७ लाख ५३ हजार १ सय ११ रुपैयाँ नगद बाँड्नेछ । लघुवित्तको यस प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले पाउनेछन् ।