काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ५८ हजार ४०० कित्ता शेयर सूचीकृत गराएको हो ।
उक्त शेयर सोमवारदेखि धितोपत्र बजारमा कारोबार हुनेछ । सम्बन्धित् शेयरधनीहरुले भने हितग्राही खातामा शेयर जम्मा भएपश्चात मात्र खरीदविक्री गर्न सक्नेछन् ।