काठमाडौं । महालक्ष्मी विकास बैंकले खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ। यस सम्बन्धमा बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ ।
सम्झौतामा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौतापछि डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।