काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको आज मंसिर २५ गते, (बिहीबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कर सहित ५ दशमलव २६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांह आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने जनाएको छ । ।
त्यस्तै, कम्पनीले पुस २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
जसका कारण पुस २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रसभामा भाग लिन पाउनेछन् ।