IME Life
GBIME

नेशनल लाईफ र नागरिक लगानी कोषको तीन लाख २८ हजार कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

Crest

नागरिक लगानी कोषको २ हजार ३ सय ६२ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ सय ५ रुपैयाँ रहेको छ । लगानीकर्ताले आजबाट पुस १ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS