काठमाडौं । एनएमबि बैंक लिमिटेडले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले मंगलवार सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४/८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । उक्त ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।