Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको ६० करोडको ऋणपत्र विक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आज मंसिर २४ गतेबाट १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले १० वर्ष अवधिको लागि “१०.२५ प्रतिशत बिओके डिबेन्चर २०८६” नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

Prabhu
Crest

१६ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ३२ हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडरहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिने बैंकले बताएको छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS