काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से ९ दशमलव ०४ अंकले घटेर १९९५ दशमलव ३५ को विन्दुमा कायम भएको छ ।हाइड्रोपावर र म्युुचुअल फन्ड बाहेक अन्य उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २४ लाख ९० हजार ५ सय ६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ४५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल लाइफको ३० करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर ९ दशमलव ८० प्रतिशतले बढेको छ ।एभरेष्ट इन्स्योरेन्सकोे प्रमोटर शेयर १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपालको शेयर ६ दशमलव ०२ प्रतिशतले घटेको छ।