IME Life
GBIME

एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई बाँडफाँड

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई बाँडफाँड भएको छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट मंसिर १६ गते, मंगलबारसम्म डाइनामिक डेब्ट फण्डको नाममा प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

Crest

उक्त इकाईमा ७९ हजार ५ सय १४ जना आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५ सय ७० कित्ता इकाईका लागि आवेदन परेको थियो ।जसमध्ये एक सय इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग गरे बमोजिम इकाई वितरण गरिएको छ ।

त्यस्तै, १० लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८ सय २० इकाईका दरले बाँडफाँड गरिएको छ ।

त्यस्तै, बाँकी रहन आएको ५० इकाईको हकमा १० लाख १० इकाईदेखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पूनः १० कित्ता थप गरि कुल ४ करोड २५ लाख इकाई बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बताएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS