काठमाडौं । सानिमा बैंकले पुस १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो ।
जस मध्ये १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई छुट्याईएको ऋणपत्र मध्येबाट ८० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।
ऋणपत्रमा छिटोमा मङ्सिर ५ गतेसम्म र सो अवधिसम्म पुरै ऋणपत्रको लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।