काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस १४ गते गर्ने भएको छ । संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा पन्चकन्या बैंक्वेट, बनेपामा बिहान ११ बजे शुरु हुने संस्थाले बताएको छ ।
सभाले समता लघुवित्तसँग मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, घरेलु लघुवित्त र समता लघुवित्त एक आपसमा मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त गाभ्ने गाभिने संस्थाको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन समेतको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गरी मर्जरलाई स्वीकृति प्रदान प्रस्ताव रहेको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक उपर छलफल गरी पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत एजेण्डा रहेको छ ।