Connect IPS
IME Life

अन्नपूर्ण रि–इन्स्योरेन्स दर्ताको प्रक्रिया अघि बढ्दै, प्रबन्धपत्र नियमावली मस्यौदाको काम धमाधम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशका ठूला औद्योगिक घराना, बैंक, बीमा कम्पनीहरुको लगानीमा खुल्न लागेको अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी दर्ता प्रक्रियातर्फ अघि बढेका छ । १५ अर्ब जारी पूँजि, १० अर्ब अधिकृत र चुक्ता पुँजि प्रस्ताव गरिएको अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी अबको केही समयपछि कम्पनी रजिष्टारको कार्यालयमा दर्ताको प्रक्रियामा जाने भएको छ । साकार ल फर्मका अनुसार अहिले कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदा बनाउने काम भइरहेको बताए ।

नयाँ पुनर्बीमा कम्पनीको लागि नेपालका अधिकांश बीमा कम्पनीहरुले सहमति पत्र पठाएका छन् । नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीका अनुसार नेपालको बीमा क्षेत्रमा नयाँ कम्पनीको आउनु स्वाभाविक प्रक्रिया भएको बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ समेत रहेका क्षेत्रीले खुला बजारमा प्रतिस्पर्धा हुन दिनुपर्ने धारणा व्यक्त गरे ।

Prabhu
Crest

अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी दर्ताको लागि सहजिकरण गर्दै आएको साकार ल फर्मका अनुसार संस्थापक लगानीकर्ताहरुले सात अर्बको प्रतिबद्धता प्राप्त गरिसकेको र अब प्रतिबद्धता बन्द हुने बताए । व्यवसायिक घराना उपेन्द्र महतो, जगदम्बा ग्रुप अन्तर्गतको शाहिल अग्रवाल ग्रुप, विभिन्न बैंक, विकास बैंकहरु, बीमा कम्पनीहरु तथा नेपाल सरकारको समेत लगानीमा नयाँ पुनर्बीमा कम्पनी संस्थापना गर्न लागिएको हो ।

नयाँ कम्पनीको लागि बीमा समितिले भने अनुमति दिइसकेको छैन । अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनीको लागि बीमा समितिको सहमति अनिवार्य हुन्छ । हाल नेपाल सरकारकै लगानीमा नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा रहेकोले अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी संस्थापनाको लागि बीमा समितिबाट अनुमति पाउने सम्भावना समेत कम रहेको जानकारहरु बताउँछन् । भर्खरै अघि बढ्दै गरेको नेपाल पुनर्बीमा कम्पनीलाई अप्ठेरो पर्ने गरी अन्नपूर्ण रि इन्स्योरेन्सको तामझाम सुरु भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS