काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४ दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।