काठमाडौं । साताको पहिलो दिन (आईतबार) शेयर बजारमा नकारात्मक सर्किट लागेर कारोबार अघि नै नेप्से बन्द भएको छ । २ बजेर १३ मिनेट जाँदा शेयर बजार ६ प्रतिशतले घटेपछि यसदिनका लागि शेयर कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
आईतबार उक्त अवधिसम्ममा नेप्से १२३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ को विन्दुमा कायम भएको छ ।आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा १ सय ९७ सय वटा कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको १ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल लाइफको ४४ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।
रिलायन्स फाइनान्सको शेयर २ दशमलव ३० प्रतिशतले बढेको छ भने हिमालयन बैंक डिभेञ्चर २०८३ का शेयर १ दशमलव ९६ प्रतिशतले बढेको छ । डिप्रोक्स डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले घटेको छ भने नेपाल पुनर्बीमा शेयर ९ दशमलव ९७ प्रतिशतले घटेको छ।