काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २५ हजार ५ सय २० कित्ता र ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले आज ९मंसिर २१ गते, आइतबार० बाट पौष ५ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।