काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको तेस्रो र चौथो वार्षिक साधाणसभा आगामी पुस १२ गते हुने भएको छ । उक्त सभा काठमाडौंको चन्डोलमा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे हुने भएको छ ।
सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र सार्वजनिक धितोपत्र निष्कासन सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने बिषयमा छलफल गर्ने भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने बिषयमा छलफल हुने भएको छ ।