काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ औं वार्षिक साधारण सभा आगामी पुस १४ गते हुने भएको छ ।उक्त सभा अकामा होटल धुम्बाराही काठमाडौंमा हुने भएको छ । कम्पनीका अनुसार कम्पनीको सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभाले वार्षिक प्रतिवेदन छलफल पारित गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने, संस्थापक शेयरधनीहरु ‘समूह क’ को तर्फबाट प्रतिनिधित्व गर्ने चारजना संचालकको निर्वाचन गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने र विविध विषयमा छलफल गर्ने र साथै अन्य प्रस्तावहरु समिेत पारित गर्ने भएको छ। ।