काठमाडौं । इन्फिनिटी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।