काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको आज मंसिर २१ गतेबाट लिलामी शेयरको बिक्री खुला भएको छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक समूहको शेयर प्रति कित्ता न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आज ९मंसिर २१ गतेबाट मंसिर २८ गते आइतबारसम्म न्युनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने कम्पनीले बताएको छ ।