काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन बाँकी भए लाभांश लिन आग्रह गरेको छ । संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांश संकलन गर्न आग्रह गरेको हो ।
शेयरधनीहरुले संस्थाको शेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गरी नगद लाभांश संकलन गर्न सक्ने संस्थाले जनाएको छ । लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता रक्षण कोष’ मा जम्मा हुनेछ । त्यसैले, संस्थाले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न भनेको हो ।