Connect IPS
IME Life

एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको एसियन र सूर्या लाइफको संस्थापक शेयर लिलामी स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई जीवन बीमा कम्पनीको संस्थापक शेयर लिलामी स्थगित भएको छ। बैंकले मंसिर १४ गतेदेखि लिलामीमा ल्याएको चार कम्पनीहरुमध्ये आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ र एसियन लाइफ इन्स्योरेन्सको लिलामी प्रकिया रोकेको हो ।

बैंकले यसअघि शुक्रबार मंसिर १९ गतेसम्म लिलामीमा बिक्री गर्न लागेको थियो । तर बिशेष कारण देखाँउदै अर्को सूचना जारी नभएसम्मका लागि लिलामी प्रक्रिया रोकिएको जानकारी दिएको छ । बैंकले सूर्या लाइफको १ लाख ९२ हजार ९ सय ९४ र एसियन लाइफको १ लाख ३९ हजार ४ सय ७० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।त्यस्तै, नागरिक लगानी कोष र नेशनल लाइफ को लिलामी पक्रिया भने यथाव्त रहेको बैंकले जनाएको छ।

Prabhu
Crest

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेसनल लाइफको १ लाख २५ हजार ७२६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।जसमा आज (शुक्रबार) मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS