काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको छ ।
दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनः जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गराउन बैंकले भनेको छ ।