काठमाडौं एभरेष्ट बैंकले पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाहगृह स्थापना गरेको छ ।शवदाहगृह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा बैंकका सिईओ जीके नेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरिएको थियो ।
बैंकले देशभर ९८ शाखा, प्रादेशिक कार्यालय, १ सय २८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।