काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको एक सूचना मार्फत जनाएको छ ।
निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।