काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्था नागरिक लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार समेत सुरूवात गरेको हुनाले बोनसमा कर नलाग्ने संस्थाले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।