काठमाडौं । आज नेप्से सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसुचक ३ दशमलव ३५ अंकले बढेर २०००.४० को विन्दुमा कायम भएको छ ।
आज हाइड्रोपावर कम्पनी, माइक्रोफाइनान्स, जीवन बीमा समुह, उत्पादनमुलक र अन्य उपसूचक हरियाली भएका छन् । यी उपसुचकमध्ये सबैभन्दा धेरै जीवन बीमा समुह २१६ प्रतिशतले बढेको छ ।
दिनभरिमा १ सय ९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको ६५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ४४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल रि को शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने रसुवागढी हाईड्रोपावरको शेयर ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर ९ दशमलव २४ प्रतिशतले घटेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव ४२ प्रतिशतले घटेको छ।