Connect IPS
IME Life

मंसिर २४ गते देखि बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर २४ गते देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये कम्पनीले ६ लाख ४० हजार सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म रहेको छ ।

Prabhu
Crest

न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने कम्पनीले बताएकोे छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको उल्लेख गरेको छ ।

निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ साथै आवेदकले सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

साथै व्यक्तिगत तबरबाट विक्री गर्ने हकमा विक्री प्रबन्धकले बैंकसँगको सहमतिमा खरीदकर्ताहरु खोजी गरी आपसि सहमतीमा वितरण गर्ने बैंकले जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले मध्यम जोखिम जनाउने इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS