काठमाडौं । नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ। निर्जिवन बीमाको क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड १४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
साल्ट ट्रेडिङका लगानीकर्ताले १० दरले कमाएका छन् भने एभरेष्ट बैंकका लगानीकर्ताले ६ दशमलव ६७ का दरले कमाएका छन् ।
त्यस्तै, गुडबिल फाइनान्स, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, नाडेप लघुवित्त, स्टान्डर्ड च्याटर्ड बैंक, मेरो माईक्रोफाइनान्स, नेरुड लघुवित्तका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।