काठमाडौं । आज लक्ष्मी बैंक लिमिटेड र मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लक्ष्मी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पुस १६ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको २०औं वार्षिक साधारण सभा पुस २८ गते, मंगलबार, बैंकको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा बैंकको मंसिर २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, मेगा बैंक नेपाल लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको वार्षिक साधारण सभा पुस २९ गते, बुधबार बैंकको केन्द्रिय कार्यलयमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ । बैंकको पुस २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने एजेण्डा रहेको छ ।