काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार (पुस १६ गते) अन्तिम दिन हो । सूर्या लाइफले माघ ५ गते वार्षिक साधारण सभा गर्न पुस १७ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ।
त्यसैले, आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद वितरण गर्दैछ ।
प्राइम लाइफका १५ प्रतिशत लाभांश सुरक्षित गर्ने पनि बिहीबार (पुस १६ गते) अन्तिम दिन हो । पुस २७ गते साधारण सभा बोलाएको यस कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।
त्यसैले, आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ ।