Connect IPS
IME Life

मेरो माइक्रोफाइनान्सको अभिमुखीकरण तथा लघुवित्त तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नबनियुक्त कर्मचारीहरुलाई एकदिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ ।
नवनियुक्त कर्मचारीहरुलाई संस्था सम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो। तालिममा नवनियुक्त ३७ जना कर्मचारी सहभागी भएका थिए ।

एक दिने कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्नुहुदै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एबम् संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए ।

Prabhu
Crest

कार्यक्रममा सहभागी कर्मचारीहरुले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताएका थिए ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याइ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS