Connect IPS
IME Life

राखेपका कर्मचारीले कृषि विकास बैंकबाट १५ लाखसम्म बिनाधितो ऋण पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । कृषि विकास बैंकसँगको सहकार्यमा राष्ट्रिय खेलकूद परिषदका कर्मचारीहरुले बिनाधितो १५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच सो सम्बन्धमा १० वर्षे सम्झौता भएको छ ।

राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच भएको सम्झौताअनुसार राष्ट्रिय खेलकूद परिषदमा कार्यरत कर्मचारीहरुले ऋण सुविधा पाउने छन् । कर्मचारी कर्जा तथा सापटीसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ ।

Prabhu
Crest

यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिने हालै भएको दुई निकायबीचको सम्झौतापत्रमा उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको खेलकूद क्षेत्रसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS